अर्थ-वाणिज्य

भुमि ब्यबस्था मन्त्री अधिकारीको अबको मिसन : चाकरचौडामा भन्सार, कृष्णनगरमा बन्दरगाह र पक्की पुल निर्माण



कपिलवस्तु ७ फागुन । सहकारी क्षेत्रमा दशकौंदेखि माग हुदै आएको प्राधिकरण स्थापना, भुमि ऐनमा आमुल परिवर्तनकारी अध्यादेश मार्फत भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान सहित बाणगङगामा मालपोत र नापी कार्यलय स्थापनाको सफल नेतृत्व गरेका भुमि ब्यबस्था सहकारी तथा गरीबि निबारन मन्त्री बलराम अधिकारीको अबकोबृहत मिसन सार्बजनिक भएको छ । मन्त्री अधिकारीको अबको मिसन चाकरचौडामा भन्सार ,कृष्णनगरमा सुख्खा बन्दरगाह ,जगदीशपुर तालको पानीले मायादेवी र शुदधोधनमा सिंचाइ सहितको बनगाइ स्थित बाणगङगा नदिमा पक्की पुल निर्मान रहेको मन्त्री अधिकारीले बताउनु भएको छ ।उहाँका प्रमुख स्वकीय सचीव भेष राज पाण्डेले मन्त्रीले अघि सारेका महत्त्वपूर्ण काम सफल पार्न स्वयम मन्त्री र उहाको सम्पुर्ण सचिबालय टिम अहोरात्र लागिपरेको दाबी गर्नु भयो । पाण्डेले मन्त्री अधिकारीले नौमुलेको बिस्तृत परियोजना अघि बढाउन लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री एबम एमाले महासचिव शंकर पोख्रेलले नेतृत्व गर्न अनुरोध गर्दै आउनु भएको छ । यस्तै भारतीय सिमा नजिकैको चाकरचौडा पकडिलाइ ढोरपाटन बाग्लुङ हुदै चिनको लोवाङ्थान नाका जोडने पक्की सडक बनाउने कामकालागि प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नेतृत्व लिइदिन अनुरोध गर्दै आउनु भएको छ । मन्त्रीका प्रमुख स्वकीय सचिव पाण्डेले बिकास निर्माणका काममात्र होईन कपिलवस्तुका धेरै युवा युबतिहरूलाई रोजगारीमा लगाउन समेत मन्त्री अधिकारी सफल रहेको दाबी गर्नु भयो ।मन्त्रीको १ बर्षको कार्यकालमा करिबकरिब १०० जनालाई विभिन्न रोजगारीमा लगाएको उहाले बताउनु भयो ।

प्रकाशित : ७ फाल्गुन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६