अर्थ-वाणिज्य

रोजगारी हराउदै उद्योग–व्यापार, वन्द दर्जनौँ व्यवसायी विदेश पलायन



कपिलवस्तु, साउन

गत आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तुमा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द भएका छन् । चल्न नसकेको, घाटा बढेको, र नवीकरण नगरेका कारण ती उद्योग र फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए ।यही अवधिमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म नयाँ दर्ता पनि भएका छन् । खनालका अनुसार, नयाँ दर्ता संख्या बन्द भएका भन्दा ३०५ ले बढी छ । कोभिडपछिको आर्थिक असहजताले उद्योग सञ्चालन गर्न समस्या परेको र लगातार घाटाले व्यवसायीहरू व्यवसाय बन्द गर्न बाध्य भएको बताइन्छ ।
विदेश पलायनको बढ्दो दरले पनि उद्योग र व्यापारमा असर परेको छ । बन्द हुने उद्योगहरू उत्पादन, कृषि, वन, सेवा र पर्यटनसँग सम्बन्धित छन् भने फर्महरू किराना, हार्डवेयर, कस्मेटिक, कपडा, मदिरा, इमोबाइलजस्ता क्षेत्रका रहेका छन् ।
कपिलवस्तु उद्योग वाणिज्य व्यापार संघका अध्यक्ष गणेश क्षेत्री, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल र तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगी व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परिरहेको र सरकारले तदारुकता नदेखाएको बताए । व्यवसायीहरू सरकारी सहयोग अभावमा विदेश जान बाध्य भइरहेका छन् ।उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले पनि सरकारको गम्भीर पहल नभए देशभर नै साना उद्योग र व्यापार बन्द हुने अवस्था आउने चेतावनी दिएका छन् ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६