जीवनशैली

संस्कृतिको संरक्षणमा जोड गरौं उपप्रमुख चौधरी



कपिलवस्तु भाद्र ८

बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले नेपाली पर्वहरु निकै समृद्ध रहेको चर्चा गर्दै संस्कृतिको संरक्षण संगै संस्कृतीको रचनात्मक प्रयोगमा जोड दिनु पर्ने धारणा राख्नु भयो । नगर उपप्रमुख चौधरीले पर्वहरुलाई सामाजिक परिवर्तनका निम्ति रचनात्मक प्रयोग आवश्यक रहेको चर्चा गर्नु भयो ।
नगर उपप्रमुख चौधरीले बाणगंगा नगरपालिका वडा नं. ५, कोपवाद्धारा आयोजित वडा स्तरीय तीज गित प्रतियोगितामा यस्तो धारणा राख्नु भएको हो ।


पाँच समूह सहभागि प्रतियोगितामा प्रतिडाड समूह प्रथम, कोपवा बजार समूह द्धितिय, र सिमलखोर समूह तृतीय भएका छन् । त्यस्तै प्रतियोगितामा नमूना समूह वैगन्ठपुर र अन्नपूर्ण महिला समूह कोपवा सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमखुख रिता कुमारी चौधरीले प्रतिस्पर्दामा प्रथम हुने सहूहलाई नगर १५ हजार, द्धितियलाई १० हजार र तृतियलाई ५ हजार र सान्तोनालाई २ हजार ५ सय नगर सहित प्रमाण पत्र वितरण गर्नु भएको थियो ।


कार्यक्रममा वडा नंं ५ का वडा अध्यक्ष दुनिका भुसाल, वडा सदस्य ज्ञान बहादुर कार्की, सरिता भण्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सदस्य मिना दर्जीको अध्यक्षता, वडा सचिव सन्तराम चौधरीको स्वागत मन्तब्य र मधु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६