जीवनशैली

संस्कृतिको संरक्षण र सकारात्मक सन्देश प्रवाहको पर्व हरितालिका तीज पर्व उपाध्यक्ष घिमिरे



कपिलवस्तु, भाद्र १०

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेद्धारा शुभकामना सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।
हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् सन्देशमा भनिएको छ । तीजमा महिला दिदीवहिनी एकैठाउँमा जम्मा भएर भएर गीत मार्फत दुःख, वेदना पोख्ने पुरानो परम्परा रहि आएकोमा अहिले समसाजियक बिषयमा समेत महिलाहरुले गीत मार्फत खबरदारी र सकारात्मक सन्देश प्रवाह पनि गरेको सन्देशमा भनिएको छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
तीज पर्वले साथी–सङ्गी, परिवार एवम् आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न समेत मद्दत पु¥याउँछ।नेपाली मौलिक संस्कृति र सामाजिक परम्पराको सम्बद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता हो शुभकामना सन्देशमा जोड दिएको छ । सन्देशमा हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु भनिएको छ ।

प्रकाशित : १० भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६