ब्रेकिंग न्युज

खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल



गण्डकी, २० भदौ
मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम ( बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ ।बिहीबार मन्त्री चौधरीको कार्यकक्षमा भएको छलफलबारे आज राससलाई जानकारी दिँदै बिएसएम कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्य, मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका, कार्यक्रमको व्यवस्थापन, राष्ट्रिय खेल संस्थाहरूसँगको साझेदारी, खेलकुद क्षेत्रको समग्र विकास एवं त्यसमा शैक्षिक सम्मिश्रणलगायत विषयमा विमर्श भएको थियो ।त्यस अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, विश्वविद्यालयका उपकुलपति प्राध्यापक नवराज देवकोटालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६