ब्रेकिंग न्युज

जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त



काठमाडौँ, २३ भदौः

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ । उहाँले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६