दमौली (तनहुँ), २५ भदौः
दमौलीका युवा फोहरमैला सरसफाइमा जुटेका छन् । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा जलाएर फोहर भएका सरकारी कार्यालयसहित क्षेत्रमा युवा सरसफाइका लागि खटिएका हुन् ।
सामाजिक अभियान्ता सुदीप गफ्फारले भ्रष्टाचार विरुद्धको प्रदर्शन युवाको नेतृत्वमा भएको भन्दै नगरलाई सफा राख्ने दायित्व पनि युवाको भएको बताउनुभयो । सरसफाइमा दमौलीका युवाका साथै टोलवासीको पनि सहभागिता छ ।
प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ अदालत, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, व्यास नगरपालिकामा आगजनी र तोडफोड गरिएको थियो ।








प्रतिक्रिया