ब्रेकिंग न्युज

सामान्य बन्दै गुल्मीको जनजीवन



गुल्मी, २७ भदौः

जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् ।

सदरमुकाम तम्घासलगायत जिल्लाका मुख्य बजार क्षेत्रमा मानिसहरू निर्बाध रूपमा आफ्नो नियमित काममा निस्केका छन् । जिल्लाबाट पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आएका छन् । सवारी साधनहरू सञ्चालन भएसँगै यात्रुको चहलपहल समेत बढेको छ । 

सरकारी कामकाजका लागि सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय, अस्पताल, मालपोत, नापीलगायतका कार्यालयमा बिहानदेखि सेवाग्राहीहरूको चाप बढेको छ । गुल्मी शान्त जिल्ला भएका कारण गुल्मीमा कर्फ्यूसमेत लगाउन नपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो । उहाँले सबैको संयमितता र धैर्यताका कारण जिल्ला अप्रिय घटना हुनबाट जोगिन सफल बनेको बताउनुभयो । 

जिल्लामा संस्थागत विद्यालय आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन् । उनीहरूले शनिबार पनि विद्यालय सञ्चालन गर्ने जनाएका छन् । सामुदायिक विद्यालय पनि आंशिक रूपमा सञ्चालनमा आएका छन् । उनीहरूले शुक्रबार एक दिनका लागि मात्र विद्यार्थीलाई बोलाएर दुःख दिनुभन्दा आइतबारदेखि पठनपाठन नियमित गर्ने जनाएका छन् । 

नेपाली सेनाले पनि सदरमुकाम क्षेत्रमा गस्तीलाई कम गर्दै लगेको छ । मानिस चोकचोक र चिया पसलमा जम्मा भएर वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा परिचर्चा र विमर्श गर्न थालेका छन् । वित्तीय संस्था पनि आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन् । जिल्लाको जनजीवन पुरानै लयमा फर्कन थालेको छ । 

जेनजी आन्दोलनका कारण जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा क्षति पुगे पनि अन्य व्यक्तिगत र सरकारी संरचना भने क्षति हुनबाट जोगिएको छ ।   

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६