भाद्र २६, बुटवल
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोध स्वरूप जेन–जेड पुस्ताद्वारा २०८२ भाद्र २३ र २४ गते आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा जेन–जेड पुस्ताका युवाले ज्यान गुमाउनु परेको दुःखद घटना प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिद्धारा विज्ञप्ती मार्फत गहिरो दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारी र महासचिव नगेन सिंह कँवरद्धारा जारी विज्ञप्ती मार्फत आन्दोलनमा ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइते भएका हरूप्रति शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दछौं भनिएको छ ।
विज्ञप्तीमा देशमा सुशासनको माग राख्दै गरिएको शान्तिपूर्ण आन्दोलनलाई विभिन्न स्वार्थ समूहले दुरुपयोग गरी धनजनको क्षति पुर्याउनु हामि सबैका निम्ति गम्भीर र पीडादायी विषय बनेको छ । नेपाली उद्योग, व्यापार, कलकारखाना र व्यवसायमाथि आक्रमण, तोडफोड, लुटपाट र आगजनी हुनु उद्योग क्षेत्रका लागि ठूलो क्षति पुगेको भनिएको छ े ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ भ्रष्टाचारविरुद्ध जेन–जेड पुस्ताले उठाएको मुद्दाप्रति पूर्ण एक्यवद्धता प्रकट गर्दछ । रोजगारी सिर्जना गर्ने उद्योग–व्यापारमाथि भएको आक्रमणले लगानीको वातावरण कमजोर बनाएको तथ्य प्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । उद्योग धन्दा निर्वाध सञ्चालनको वातावरण बनाउन सरोकारवालालाई यसै विज्ञप्तिमार्फत ध्यानाकृष्ट गराउँदछौं भनिएको छ ।
हामी नयाँ बन्ने सरकारले उद्योग धन्दा संरक्षण, प्रवद्र्धन र लगानी–मैत्री वातावरण निर्माणमा आवश्यक जवाफदेहीपन देखाउनेमा विश्वस्त छौं । लोकतान्त्रिक व्यवस्थाको संरक्षण र विधिको शासनबाट समाज रूपान्तरण गर्ने अभियानमा महासंघको निरन्तर एक्यवद्धता रहनेछ ।
सुनौलो नेपाल निर्माणका लागि जेन–जेड पुस्तासहित सबै पक्षबीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिँदै महासंघ यस अभियानमा जुट्न आह्वान गर्दछ विज्ञप्तीमा भनिएको छ ।








प्रतिक्रिया