देश

.तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’



काठमाडौँ, २८ भदौः

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो ।

साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व  निर्भिक महिलालाई प्राप्त भएको छ ।

कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गर्नुभएको छ । राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाउनु भएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गर्नुभएको छ । यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रूपमा कार्कीले जिम्मेवारी सम्हाल्नु भएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशलाई सफल बनाउन आग्रह समेत गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो  “ धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।” 

नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो ।

शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रूपमा जेनजी युवाहरूको सहभागिता थियो ।

यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता थियो । त्यस्तै, नवनियुक्त प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६