ब्रेकिंग न्युज

व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग



गण्डकी, २९ भदौः

पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न माग गरेको छ । परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारीले आज सार्वजनिक अपिल जारी गर्दै आन्दोलनका नाममा हुने बन्द, हड्ताल, तोडफोड आगजनी जस्ता क्रियाकलापले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभावित हुने बताउँदै यस क्षेत्रमा व्यावसायिक सुरक्षाका लागि सम्बद्ध सबैसँग आग्रह गर्नुभएको हो ।

यही भदौ २३ र २४ गते जेनजीका नाममा भएको प्रदर्शनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाका सम्बन्धमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको उहाँको भनाइ छ । 

मुलुकमा विदेशी मुद्रा भित्राउने प्रमुख माध्यम पर्यटन उद्योगमाथि भएको प्रहारप्रति परिषद्ले खेद व्यक्त गरेको छ । कोभिड १९ पछि केही लयमा फर्कन लागेको पर्यटन व्यवसायलाई लक्षित गरी पर्यटन व्यवसायीका होटल, रेष्टुरेन्ट तथा पसलहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाट एवम् पर्यटकीय सवारी साधनहरूमाथि गरिएको तोडफोड तथा आगजनीप्रति परिषद्ले गहिरो दुःख व्यक्त गरेको छ । साथै यसबाट आहत हुनुभएका सम्पूर्ण उद्यमी, व्यवसायीहरू प्रति साहानुभूति प्रकट गरेको छ ।

परिषद्ले प्रदर्शनका नाममा भएका यस्ता अवाञ्छित क्रियाकलापहरूको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कानुनी कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । 

प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिषद्ले शोक सन्तप्त परिवारजनमा समवेदना एवम् घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६