अर्थ-वाणिज्य

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध



वीरगञ्ज (पर्सा), ३० भदौ

जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार यहाँ आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्यदृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । 

‘‘जेनजी आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपुरणीय क्षति भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउन निर्देश गर्दछु ।’’

 प्रजिअ सुवेदीले सरकारी कार्यालयले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आफ्नो कार्यसम्पादन गर्न आह्वान गर्नुभयो । ‘‘तपाईँहरु कुनै पनि खालको आर्थिक अनियमिततामा संलग्न नभइकन वस्तुपरक भई कार्यसम्पादन गर्नुहुुन अनुरोध गर्दछु । सेवाग्राहीलाई कुनै खालका दुःख दिने र सास्ती दिने काम गर्नुहुन्न । कानुनी प्रक्रिया पुगेको कामलाई यो वा त्यो बाहनामा दुःख दिने काम नगर्नुहोला’’, प्रजिअ सुवेदीले भन्नुभयो । उहाँले सरकारी कार्यालयले आफ्नो कार्यालय र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६