गण्डकी

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’



चितवन, ३० भदौः

गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालय आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएका छन् ।

उहाँका अनुसार तथ्याङ्क लिने काम भइरहेकाले एकीन तथ्याङ्क आउन केही समय लाग्ने छ । सो क्रममा तीन पार्टी कार्यालयमा क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

नेता, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, सञ्चारगृहमा तोडफोड र आगजनी भएका छन् । निजी घरहरुमा भएको तोडफोडको सङ्ख्या एकीन तथ्याङ्क आइनसकेको उहाँले जानकारी दिनुभयो । जलेर कार्यालय ध्वस्त भएका कार्यालय सरसफाइ गर्न थालिएको छ ।

ती कार्यालय परिसरमा बसेर कर्मचारीले मिल्नेजति सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “ सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने गरिएको छ ।”

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६