जीवनशैली

‘सम्पदामा क्षति र हानिनोक्सानी गर्न हुन्न’



भक्तपुर, २ असोज

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सम्पदामा क्षति र हानिनोक्सानी गर्नेहरूबाट सधैँ सचेत रहनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको यस वर्षको गाईजात्रा पर्वमा घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत, आधुनिक सांस्कृतिक एवं ऐतिहासिक नाचहरू प्रदर्शनका क्रममा उत्कृष्ट सांस्कृतिक समूहलाई नगदसहितको पुरस्कार एवं गुरुहरूको सम्मान कार्यक्रममा कुनै पनि बहानामा सम्पदामा हानिनोक्सानी गर्न नहुने बताउनुभयो ।

बिजुक्छेँले भन्नुभयो, “ऐतिहासिक सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान हो, त्यसैले यसको संरक्षण र प्रवर्द्धनमा हामी स्वयं लाग्नुपर्छ । ऐतिहासिक सम्पदामा कुनै पनि बहानामा क्षति र हानिनोक्सानी गर्नेहरूबाट सधँै सचेत हुनुपर्छ ।”

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ, नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलगायतले कला, संस्कृति र सम्पदाको संरक्षणमा सबै नागरिक अग्रसर हुनुपर्ने बताउनुभयो ।

गाईजात्रामा एक सय ४६ वटा सांस्कृतिक समूहले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेकामा उत्कृष्ट हुने समूह एवं गुरुलाई नेमकिपाका अध्यक्ष बिजुक्छेँले नगद पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६