जीवनशैली

तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा



भक्तपुर, १६ असोजः

यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरुप तलेजुमा पूजा गरिएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर पूजा गरी जात्रा मनाइएको उहाँले जानकारी दिनुभयो । कुमारीको चतुब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो । ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई तलेजु जात्रा मनाइएको छ । मूल पुरोहितले तलेजुमा मांसाहुती दिने परम्परा छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुन्छ ।

प्रकाशित : १६ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६