ब्रेकिंग न्युज

आज विश्व मानसिक स्वास्थ्य दिवस



काठमाडौँ, २४ असोज
मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६