ब्रेकिंग न्युज

बनेपामा ‘एक घर, एक धारा’अभियान



काभ्रेपलाञ्चोक, १७ कात्तिक
काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।

खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप रु ३५ लाख विनियोजना भएको थियो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार उक्त बजेटमध्ये रु २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न रु १० लाख विनियोजन भएको हो ।

आयोजनाबाट समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरिएको केसीले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वडाका अरनिको राजमार्ग दक्षिण, सिलु–मार्ग पूर्व, खहरे–खोला पश्चिम र अरनिको राजमार्ग उत्तरी क्षेत्रका बस्तीलाई समेट्ने छ । आयोजना डिप बोरिङ तथा स्थानीय पानीका मुललाई स्रोत बनाइएको हो ।

यसैबीच आयोजना कार्यान्वयनका लागि भैरव केसीको अध्यक्षतामा १७ सदस्यीय उपभाक्ता समिति गठन गरिएको छ । समितिले आयोजना सम्पन्नतालाई तीव्रता दिने जनाएको छ ।

प्रकाशित : १८ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६