अर्थ-वाणिज्य

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा सातै प्रदेशमा सम्पन्न



मंसिर ७, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा सम्पन्न २२औँ वार्षिक साधारण सभा शनिवार देशका सातै प्रदेशमा एकैसाथ सम्पन्न भएको छ। सबै प्रदेशमा तोकिएका एकाइ स्थलहरूमा सम्पन्न सभामा सदस्य सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ।
कोशी प्रदेशको सभा विराटनगरस्थित होटल मनास्लु इनमा, मधेस प्रदेशको सभा बर्दिबासस्थित गौतम होटलमा, बागमती प्रदेशको सभा काठमाडौंको बत्तिसपुतलीमा, गण्डकी प्रदेशको सभा पोखरास्थित दीप सागर होटेल एन्ड रेस्टुरेन्टमा, लुम्बिनी प्रदेशको सभा तिलोत्तमा–३, शान्तिचोकस्थित दरबार लन प्रा.लि.मा, कर्णाली प्रदेशको सभा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभा हलमा तथा सुदूरपश्चिम प्रदेशको सभा धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा सम्पन्न भएको थियो।


सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले समितिको प्रतिवेदन पठाउनुभयो।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बैंक विनियम संशोधन, पुनर्लेखन तथा थप कार्यविधिहरू सभामा प्रस्तुत गर्नुभयो। साधारण सभामा प्रस्तुत कुल १५ वटा कार्यसूची तथा अन्य थप कार्यसूचीहरू सातै प्रदेशबाट सर्वसम्मत पारित भएका छन्।
यस वर्षको साधारण सभामा बैंकले विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने राष्ट्रिय तथा प्रदेशस्तरीय सम्मान तथा पुरस्कार वितरण गरेको छ।
बागमती प्रदेशमा प्रस्तुत प्रतिवेदन अन्य प्रदेशहरूले भर्चुअल माध्यमबाट अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो।
प्रदेश सभाहरूबाट केन्द्रीय साधारण सभाका लागि प्रत्येक प्रदेशबाट प्रतिनिधिहरू चयन गरिएको छ। सभाहरूमा बैंकका सञ्चालक तथा प्रदेश संयोजकहरूले अध्यक्षता गर्नुभएको थियो ।
कोशी ः अमृता सुब्बा, मधेस ः विश्वनाथ मण्डल, बागमती ः महेन्द्र कुमार गिरी, गण्डकी ः पार्वती थापा मगर, लुम्बिनी ः विजया धिताल, कर्णाली ः काली बहादुर महतारा, सुदूरपश्चिम ः तारा गुरुङ । कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य, केन्द्रीय उप–समितिका संयोजक तथा सदस्य, राष्ट्रिय सहकारी महासंघ, विषयगत सहकारी संघ, प्रदेश तथा जिल्ला सहकारी संघका प्रतिनिधिहरू, शाखा समन्वय उप–मितिका सदस्य लगायतको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६