अन्तर्राष्ट्रिय

इयुद्वारा दिगो प्याकेजिङका लागि युवा उद्यमीलाई आइडिया आह्वान



काठमाडौँ, १३ पुस

युरोपियन युनियन (इयु) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले युवा उद्यमीलाई लक्षित गर्दै रु सात लाख बराबरको अनुदानका लागि नवीन नवप्रवर्तन आइडिया (सोच) पेस गर्न आह्वान गरेको छ । इयुको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाअन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री र दिगो प्याकेजिङसम्बन्धी नवीन आइडिया प्रस्तुत गर्ने युवा उद्यमीलाई उक्त अनुदान प्रदान गरिन बताइएको छ । अनुदानका लागि बागमती, लुम्बिनी र मधेस प्रदेशका युवाले आफ्नो आइडियासहितको प्रस्ताव आगामी माघ १ गतेभित्र पेस गर्नुपर्नेछ । प्राप्त प्रस्तावमध्ये विज्ञहरू सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी एक जनालाई विजेता घोषणा गर्ने प्रस्तावमा उल्लेख छ । क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार विजेता टिमलाई अनुदानसँगै प्राविधिक सहयोग, उत्पादनपछि बजार खोजी तथा दीर्घकालीन रूपमा व्यवसाय टिकाइराख्न आवश्यक अन्य लगानी स्रोत पहिचानमा सहयोग गरिनेछ ।

प्रकाशित : १३ पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६