देश

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी



काठमाडौँ, २५ पुस

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता (परिमार्जन, २०८२) जारी गरेको छ । समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम, विनियमको कार्यान्वयन, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार एवं महत्त्वजस्ता विषय समावेश छन् । त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी अपनाउने विषय पनि संहितामा समेटिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । राससले निर्वाचन केन्द्रित गरेर आफ्नो सञ्चारगृहमा आचारसंहिता कार्यान्वयन गर्ने र त्यसले आगामी निर्वाचनलाई स्वच्छ, सन्तुलित एवं निष्पक्ष सञ्चार सामग्री उत्पादनमा सहयोग पुग्ने कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको विश्वास छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सबै निकाय स्वनियमनमा बसेर सो कार्यलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रकाशित : २५ पुस २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६