काठमाडौं २६ साउन
वन संरक्षण, व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जन र समृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै मायादेवी साझेदारी वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।आर्थिक वर्ष २०८२÷८३ मा उत्कृष्ट कार्य गरेको मूल्यांकन गर्दै साझेदारी वन राष्ट्रिय पुरस्कारमा तेस्रो स्थान पाप्त गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा समूहलाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको जनाइएको छ।वनको संरक्षण तथा दिगो व्यवस्थापनसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समूहले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। समूहले वन व्यवस्थापनमा अपनाएका प्रभावकारी अभ्यासले स्थानीय समुदायलाई वन संरक्षणप्रति थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जैसवालले वन संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र समृद्धिका लागि समूहले गर्दै आएको प्रयासको मूल्यांकन भएको बताए । उनले आगामी दिनमा वनको दिगो संरक्षण, प्रभावकारी व्यवस्थापन तथा उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
२६ श्रावण २०८३, मंगलबार









प्रतिक्रिया