कपिलवस्तु ११ माघ
उद्योग व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले उद्योगी एवं व्यवसायी टोपनारायण बेल्वासेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिलाई सहभागी उद्योगी तथा व्यवसायीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ समितिले उद्योगी–व्यवसायीका समस्या, चुनौती र अधिकार संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले स्थानीय उद्योग, व्यापार प्रवर्द्धन, व्यवसायिक वातावरण सुदृढीकरण तथा व्यवसायीहरूका व्यावहारिक समस्या समाधानमा समन्वयात्मक र परिणाममुखी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
उद्योग व्यापार संघ कपिलवस्तुले आगामी दिनमा निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य बढाउँदै समग्र आर्थिक विकासमा योगदान पुर्याउने नव निर्वाचिन अध्यक्ष टोपनारायण बेल्बासेले प्रतिवद्धता जनाउनु भयो ।








प्रतिक्रिया