ब्रेकिंग न्युज

जनताको भरोसा, संघर्षको कथा र सत्यको राजनीति कपिलवस्तु–१ मा बिश्राम प्रसाद थारु



कपिलवस्तु, बाणगंगा १२ माघ

कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ परिवर्तन, भरोसा र उज्यालो भविष्यको खोजीमा उभिएको छ। यही ऐतिहासिक मोडमा नेकपा (एमाले) का अनुभवी नेता, संविधान सभा सदस्य, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा सफल उद्योगी–व्यवसायी बिश्राम प्रसाद चौधरी थारु जनताको सेवामा पुनः समर्पित हुँदै निर्वाचन मैदानमा उत्रिनु भएको छ।
मजदुरीबाट नेतृत्व सम्मको प्रेरणादायी यात्रा
सामान्य परिवारमा जन्मिएर मजदुरी गर्दै जीवन संघर्ष सुरु गरेका बिश्राम प्रसाद थारु आज सफल उद्योगी, व्यवसायी, समाजसेवी हुँदै राष्ट्रिय राजनीतिमा स्थापित नेता बन्न सफल हुनु भएको छ। उहाँको जीवन कथा संघर्ष, पसिना, इमानदारी र निरन्तर मेहनतको जीवित उदाहरण हो। यही संघर्षपूर्ण पृष्ठभूमिले उहाँलाई जनताको दुःख, पीडा र आवश्यकता गहिरोसँग बुझ्ने नेता बनाएको छ।
जनतासँग जोडिएको नेता
माटोसँग जोडिएको जीवन, जनतासँग गाँसिएको भावना र पीडासँग परिचित अनुभूतिले बिश्राम प्रसाद थारुलाई अरूभन्दा फरक बनाएको छ। उहाँ केवल भाषण गर्ने नेता होइन दुःखमा साथ दिने सहारा, अन्यायमा आवाज उठाउने साहस र निराशामा आशा देखाउने विश्वासका प्रतीक हुनु हुन्छ।
संविधान निर्माण देखि सामाजिक न्यायसम्म
संविधान सभा सदस्यको रूपमा उहाँले संविधान निर्माणको ऐतिहासिक यात्रामा जनताको भावना, अधिकार र आवाज समेट्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। थारू समुदायको हकहितसँगै सबै वर्ग, जाति र क्षेत्रका नागरिकको समान अधिकारका पक्षमा उहाँ सधैं दृढ रहनु भयो। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय उहाँका राजनीतिक नारा मात्र होइन, जीवनका मूल मन्त्र हुन्।
इमानदारी, निडरता र जवाफदेही नेतृत्व
बिश्राम प्रसाद थारु इमानदारीमा कहिल्यै प्रश्न नउठ्ने, सत्यसँग कहिल्यै नडगमगाउने र जनताप्रति सधैं जवाफदेही नेता हुन्। विकासप्रति स्पष्ट दृष्टिकोण, निर्णयमा निडरता र व्यवहारमा पारदर्शिताले उहाँलाई जनताको भरोसाको केन्द्र बनाएको छ। युवालाई उद्यमशीलतर्फ उन्मुख गराउँदै आत्मनिर्भर समाज निर्माण गर्ने उहाँको सोच आज कपिलवस्तु–१ का जनताको साझा सपना बन्दै गएको छ।
‘सूर्य’ विकास र समृद्धिको संकेत
नेकपा (एमाले) को सिद्धान्त, संगठन र जनसेवाको मार्गमा निष्ठापूर्वक अघि बढ्नु भएका थारुको चुनाव चिन्ह ‘सूर्य’ केवल एउटा चिन्ह मात्र होइन—यो विकास, समृद्धि, स्थायित्व र आशाको उज्यालो संकेत हो।
जनताको अपेक्षाको केन्द्रमा बिश्राम प्रसाद थारु
आज कपिलवस्तु–१ का जनताले नेतृत्वमा अनुभव, मनमा संवेदना र कर्ममा इमानदारी खोजिरहेका छन्। यही अपेक्षाको केन्द्रमा उभिनु भएको छ—बिश्राम प्रसाद थारु। जनताको माया, विश्वास र समर्थनले आफ्नो राजनीतिक यात्रालाई अझ सशक्त बनाउने विश्वास लिइएको बताउनु हुन्छ ।

प्रकाशित : १३ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६