अर्थ-वाणिज्य

विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया



नेपालगञ्ज, १२ माघ

विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । बोर्डले आज यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा सङ्घबाहेक प्रदेश र स्थानीय सरकारले पनि यसलाई कार्यान्वयन गर्न सुझाव दिइयो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको उल्लेख गर्दै विभिन्न ‘प्लेटफर्म’मा आएका विज्ञापनलाई नियन्त्रण र नियमन गर्न समन्वयकारी भूमिका निर्वाह गरिने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विज्ञापनले मनोसामाजिक रुपमा प्रभाव पारेको उल्लेख गर्दै नेपालमा मदिराको विज्ञापन गर्न रोक लगाउनु मञ्चको ठूलो उपलब्धि भएको बताउनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डको अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्न सक्ने उल्लेख गर्दै जथाभावी रुपमा प्रयोग भएको होर्डिङ बोर्डले सहरी सौन्दर्यकरण बिगारेको बताउनुभयो । उक्त अवसरमा स्थानीय तह र प्रदेश सरकारले विज्ञापनका विषयमा गर्ने नियमन र जरिवानाका विषयमा जानकारी गराइएको थियो । —

प्रकाशित : १३ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६