काठमाडौँ, १६ माघ
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १, कपिलवस्तुका उम्मेद्वार तथा संविधान सभा सदस्य विश्राम प्रसाद थारुले सहिदका सपना पूरा गर्ने र उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नु भएको छ ।

सहिद दिवसका अवसरमा उहाँहरुको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताउनुभएको छ ।
संविधान सभा सदस्य चौधरीले जनताको अधिकार र स्वतन्त्रताका लागि इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण वीर सहिदहरूप््रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूप्मा रूपन्तरण गर्न सकिने उल्लेख गर्दै उहाँले वीर सहिदहरुले देखाउनुभएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको विचार ब्यक्त गर्नु भएको छ ।
चौधरीले संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समृद्ध नेपाल, सुखी नेपाली ’को लक्ष्य पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ








प्रतिक्रिया