ब्रेकिंग न्युज

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते



चितवन, १६ माघ

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।

प्रकाशित : १७ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६