देश

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता



नेपालगन्ज, १६ माघ

तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिता पालना भएनभएको कडाइका साथ अनुगमन गरिने बताउनुभयो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : १७ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६