ब्रेकिंग न्युज

विकासको स्पष्ट रोडम्याप सहित जनता माझ चौधरी



कपिलवस्तु ८ फाल्गुण

कपिलवस्तु, क्षेत्र नं. १ — आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी) ले समृद्ध कपिलवस्तु निर्माणको स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। “सिपयुक्त युवा, आत्मनिर्भर समाज” भन्ने मूल नारासहित उहाँले भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा तथा सुशासनका क्षेत्रमा व्यापक योजना अघि सार्नुभएको हो ।
उम्मेदवार चौधरीले भन्नु भयो, “कपिलवस्तुको विकासलाई अब नारामा होइन, काममा परिणत गर्नुपर्छ। राजमार्गदेखि सीमाक्षेत्रसम्मका सडक दुई लेनमा स्तरोन्नति गरिनेछ। पुल, तटबन्ध र डुबान नियन्त्रणलाई प्राथमिकता दिइनेछ। भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई न्यायोचित रूपमा स्वामित्व सुनिश्चित गरिनेछ।”


कृषि तथा रोजगारीतर्फ विशेष जोड दिँदै उहाँले जगदीशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि आधुनिकीकरण, रैथाने बाली संरक्षण, सहकारीमार्फत उत्पादन र रोजगारी सिर्जना तथा औद्योगिक ग्राम सञ्चालनलाई तीव्रता दिने बताउनु भयो। “अब युवालाई विदेश पठाउने होइन, गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” उहाँको भनाइ छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, डिजिटल शिक्षा विस्तार, प्राविधिक शिक्षाको प्रवद्र्धन, अस्पताल स्तरोन्नति र विशेषज्ञ सेवा विस्तार गरिने उहाँले उल्लेख गर्नुभयो। महिला, ज्येष्ठ नागरिक, दलित, जनजाति तथा सिमान्तकृत समुदायको सामाजिक न्याय र सुरक्षालाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
पर्यटन प्रवद्र्धनका सन्दर्भमा तिलौराकोट लगायत ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षण, बुद्ध सर्किट विकास, बाणगंगा नदी करिडोर निर्माण तथा सांस्कृतिक ग्राम स्थापना गर्ने योजना अघि सारिएको छ।
सुशासनबारे बोल्दै चौधरीले भन्नुभयो, “भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनेछ। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी बनाइनेछ।”
अन्त्यमा उहाँले सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गरी आफूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभएको छ। “म सधैं तपाईंहरूको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।

प्रकाशित : ८ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६