ब्रेकिंग न्युज

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने



वीरगन्ज (पर्सा), ९ फागुन

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिनुभएको छ । कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ । प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दावी गर्नुभयो । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मककार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ । –––

प्रकाशित : ९ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६