जीवनशैली

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना



मनाङ 

हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा वातावरणीय अध्ययन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँ र लौजान विश्वविद्यालय, स्वीजरल्याण्डको संयुक्त सहकार्यमा रु चार लाखको लागतमा यो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा वायुको तापक्रम, सापेक्षिक आद्र्रता, वर्षामापक, हावाको गति तथा दिशा मापन गर्ने उपकरण जडान गरिएको छ ।

त्रिवि मानवशास्त्र केन्द्रीय विभागकी उपप्राध्यापक डा नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीको विशेष पहलमा यो केन्द्र स्थापना भएको प्रधानाध्यापक पदमराज पन्थीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक पन्थीका अनुसार, “स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायको सहकार्यमा स्थापना गरिएको यो केन्द्रमार्फत क्षेत्रीयस्तरमै मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरिनेछ र शिक्षण–सिकाइमा सहजता ल्याउन सहयोग पुग्नेछ ।”

केन्द्रबाट सङ्कलित तथ्याङ्कले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण, जलवायु परिवर्तनको प्रभाव विश्लेषण तथा प्राकृतिक विपद् जस्तै बाढीपहिरो र खडेरीको जोखिम मूल्याङ्कनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

नासोँ–५ का वडाध्यक्ष थुतेन लामाकाअनुसार समयमै उपलब्ध हुने वैज्ञानिक तथ्याङ्कले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पु¥याउने विश्वास गरिएको छ । केन्द्रले स्थानीय विद्यार्थीलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्नेछ । विद्यार्थीले प्रत्यक्ष रूपमा मौसममापन प्रक्रिया, तथ्याङ्क अभिलेखीकरण र विश्लेषण विधि अध्ययन गर्न सक्नेछन् । यसले विद्यार्थीमा वैज्ञानिक अनुसन्धानतर्फ अभिरुची वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धिका रूपमा मूल्याङ्कन गरेका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार र दिगो विकासका लागि आवश्यक नीतिनिर्माणमा केन्द्रबाट प्राप्त तथ्याङ्क प्रभावकारी आधार बन्ने विश्वास गरिएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६