रामु पौडेल,
कपिलवस्तु २० माघ
शुद्धोधन गाउँपालिका, कपिलवस्तुको पशु सेवा शाखाले आर्थिक वर्ष २०८१÷०८२ मा पशु उपचार, खोप, रोग नियन्त्रण तथा सेवाग्राही किसानको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति समीक्षा प्रतिवेदन अनुसार पशु स्वास्थ्य सेवामा किसानको विश्वास बढ्दै गएको देखिएको छ।
पशु सेवा शाखा प्रमुख मणि प्रसाद गैह्रेका अनुसार उक्त अवधिमा २ हजार ६५४ पशुको मेडिकल उपचार, ३७८ वटा सर्जिकल उपचार तथा २७१ वटा गाइनोकोलोजिकल उपचार गरिएको छ। त्यस्तै, ४४७ वटा बन्ध्याकरण सेवा, ४८४ गोबर परीक्षण र १८ वटा दूध परीक्षण गरिएको शाखाले जनाएको छ।
प्रतिवेदन अनुसार परजीवी नियन्त्रणतर्फ पनि सेवा प्रभावकारी देखिएको छ। १८ हजार ४२० पशुमा आन्तरिक परजीवी उपचार र २ हजार ३९४ पशुमा बाह्य परजीवी उपचार गरिएको छ। यसैगरी, २ हजार १२४ पंक्षी उपचार सेवा प्रदान गरिएको छ भने ७५ जना किसानले माछा उपचार सेवा लिएका छन्।
महामारीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रमलाई प्राथमिकता दिइएको शाखाले जनाएको छ। चालु आवमा ११ हजार ६९० पशुमा पी.पी.आर. खोप, ४ हजार ३४७ मा खोरेत खोप, ३ हजार ४४१ मा भ्यागुते तथा चरचरे खोप लगाइएको छ। यसका अतिरिक्त लम्पी स्किनसहित आकस्मिक रोगको उपचार तथा खोप सेवा ५०० पशुमा प्रदान गरिएको छ।
पशु आहार सुधारतर्फ १ हजार १२६ केजी वर्षे घाँसको बीउ र २ हजार ५०० केजी सुडान घाँसको बीउ खरिद तथा वितरण गरिएको छ, जसका लागि झण्डै ८ लाख रुपैयाँ बराबरको औषधि र १ लाख रुपैयाँको कृत्रिम गर्भाधान सामग्री खरिद गरिएको छ।
छाडा चौपाय व्यवस्थापनअन्तर्गत ८९ वटा छाडा पशु व्यवस्थापन गरिएको शाखाले जनाएको छ। यसैगरी, गत वर्ष १ वटा पशुपालन फर्म दर्ता, ३ वटा फर्म नवीकरण भई १६ हजार ३८० रुपैयाँ राजस्व संकलन भएको छ। समग्रमा पशु सेवा शाखाले करिब १५ लाख रुपैयाँ बराबरको सेवा तथा व्यवस्थापन कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।
यस शाखाले मुख्य उपलब्धिका रुपमा नियमित उपचार सेवाका कारण शाखामा दैनिक सेवा लिने किसानको संख्या बढेको, निशुल्क कृत्रिम गर्भाधान सेवा, नियमित खोप कार्यक्रमबाट महामारी रोग नियन्त्रण, छाडा चौपाय व्यवस्थापन तथा पशु बीमामा किसानको सहभागिता वृद्धि भएको शाखाले जनाएको छ। साथै, पशुको घरदैलोमै बाझोपन उपचार सेवा उपलब्ध गराइएको उल्लेख गरेको छ।
शाखाले मुख्य समस्या र चुनौतीका सन्दर्भमा बस्ने तथा औषधि भण्डारण गर्ने पर्याप्त कोठाको अभाव र किसानबाट अत्यधिक टोनिक माग हुने समस्यालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
समग्रमा, शुद्धोधन गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०८१÷०८२ मा सेवा विस्तार, रोग नियन्त्रण र किसानमैत्री कार्यक्रममार्फत पशुपालन क्षेत्रलाई सबल बनाउँदै गएको विश्लेषण पालिकाले गरिएको गाउँ पालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रतिक्रिया दिनु भयो ।
शुद्धोधन गाउँपालिका
२०८१।८२ को वार्षिक प्रगती प्रतिवेदन समिक्षा
मणि प्रसाद गैेह्रे
पशु सेवा शाखा
मिति ः२०८२।०४।२२
मेडिकल उपचार २६५४
सर्जिकल उपचार ३७८
गाइनोकोलोजिकल उपचार २७१
बन्धाकरण सेवा ४४७
गोबर परिक्षण ४८४
दुध परिक्षण १८
आन्तरिक परजिवी उपचार १८४२०
बाह्य परजिवी उपचार २३९४
पंंिछ उपचार सेवा २१२४
माछा उपचार गराउने किसान सख्ंया ७५
छाडा चौपाय व्यवस्थापन संख्या ८९
आकस्मीक रोग लम्पी स्किन तथा अन्य रोग उपचार तथा खोप ५००
पि.पि.आर खोप लगाएका पशु संख्या ११६९०
रेबिज खोप लगाएका पशु संख्या २५
भ्यागते र चरचरे खोप लगाएका पशु संख्या ३४४१
खोरेत खोप लगाएका पशु ४३४७
बर्षिमको घाँसको विउ खरिद तथा वितरण ११२६ के.जी ÷ ४ लाख
सुडान घाँसको विउ खरिद तथा वितरण २५०० के.जी ÷ ४ लाख
पशुहरुको औषधी खरिद ८ लाख
कुत्रिम गर्भाधान सम्बन्धी साम्रगी्र खरिद १ लाख
छाडाँँ चौपाय व्यवस्थापन
पशुपालन समुह दर्ता ०
पशुपालन फर्म दर्ता १
यस बर्ष नविकरण भएका फर्महरु ३
राजश्व , नविकरण १६३८०
१५ लाख
शुद्धोधन गाउँपालिका लवनी, कपिलवस्तुको आ.व. २०८१÷०८२ को पशु सेवामा भएका उपलब्धी
नियमित उपचार सेवाले दैनिक शाखामा उपचार तथा सेवा लिने संख्यामा बृद्धि ।
निशुल्क कृत्रिम गर्भाधान सेवा दिइएको ।
नियमित खोप सेवाले महामारी रोग नियन्त्रण भएको ।
छाडा चौपाय व्यवस्थापन भएको ।
बिमा गर्ने किसानको संख्यामा बृद्धि ह‘दै गएको ।
पशुको घरदैलौ बाझोपन उपचार
समस्या र चुनौती
बस्ने तथा औषधी राख्ने कोठाको समस्या ।
किसानहरुले टानिक माग्नेको संख्याले हैरानी ।








प्रतिक्रिया