ब्रेकिंग न्युज

जनचाहना नै मुख्य प्राथमिकता विश्राम प्रसाद चौधरीस्थानीयबासीबाट विजयको शुभकामना



कपिलवस्तु, २३ माघ

कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) का तर्फबाट उम्मेदबार बनेका विश्राम प्रसाद चौधरीले जनचाहना अनुसार आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
उम्मेद्बार चौधरीले यो निर्वाचन नेपालीपन, राष्ट्रियता र विकास पक्षधर शक्तिहरूको जित हुने बताउँदै यसलाई सामान्य निर्वाचन नभई देश बनाउने र समृद्ध नेपाल निर्माण गर्ने अवसरको रूपमा चित्रण गर्नु भयो। उहाँले देश जित्ने र देश हार्नेबीचको निर्णायक निर्वाचन रहेको तर्क पनि प्रस्तुत गर्नु भयो।


आफू एक सामान्य नागरिक भएको उल्लेख गर्दै चौधरीले नागरिकका समस्या नजिकबाट बुझ्ने र ती समस्याको समाधानका लागि प्रतिबद्ध भएर लाग्ने धारणा राख्नु भयो।


बाणगंगा नगरपालिका वडा नं. ७ बनगाई स्थित वडा कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता नै विकासको मुख्य आधार भएको उल्लेख गर्नु भयो। स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अगाडि बढे मात्र समृद्ध निर्वाचन क्षेत्र निर्माण सम्भव हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलराम अधिकारीले पनि देश बनाउने र देश जलाउने शक्तिबीचको निर्वाचन भएको उल्लेख गर्नु भयो।


उक्त कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, डम्मर शर्मा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। स्थानीयबासीहरूले उम्मेद्वार चौधरीलाई आगामी निर्वाचनको लागि विजयको शुभकामना समेत दिएका थिए। उद्घाटन कार्यक्रम वडा नं. ७ का अध्यक्ष कृष्ण खनालको अध्यक्षता, एमाले नगर कमिटी उपाध्यक्ष भिम थापाको संचालन र जिल्ला कमिटी सदस्य प्रताव कुमार गिरीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६