कपिलवस्तु, २४ माघ
कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेका छन्।

जिल्ला तथा निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक सुधार, युवाहरूको व्यावसायिक सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा विशेष पहलकदमी लिने प्रतिबद्धता उनले व्यक्त गरे।

शनिबार नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, कपिलवस्तुको चार नम्बर क्षेत्रमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले क्षेत्र नं. १ का सम्पूर्ण मतदाता समक्ष आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।








प्रतिक्रिया