देश

तीन तहका सरकारले समन्वय र सहकार्य आधारमा कार्य गर्नुपर्छः मुख्यमन्त्री कार्की



मोरङ, २५ माघ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सोअनुसार भइरहेको छैन । यसले प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन ।” मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने र सङ्घको समन्वयमा गर्नुपर्ने काम सङ्घसँगको सहकार्यमा गर्नपर्नेमा जोड दिनुभयो । बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता निर्देशिकाले काम गर्न अप्ठ्यारो भएको विषयमा पनि छलफल भएको थियो । राजस्व सङ्कलन र राजस्व दायरालाई बढाउने, कानुन, कार्यविधि निर्माण गर्ने, समपूरक बजेटबाट आउने आयोजनालाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने र बेरुजु घटाउनेलगायत विषयमा पनि छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभयो । बहुवर्षीय आयोजनाहरूको दायित्व र यसले भविष्यमा पार्ने विषयका साथै सानासाना आयोजना कार्यान्वयनमा देखापरेका समस्या, प्रदेश सरकार मातहत रहेको यातायातको अधिकार खुम्च्याउने र कृषि आयकरलगायत प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले ध्यान नदिएको विषयमा भए पनि कुरा भएको उहाँले बताउनुभयो । बैठकले हाल देखिएका समस्यालाई फागुनभित्रै समाधान गर्ने गरी अगाडि बढाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकका विषयलाई सङ्घ सरकारसँग समन्वय गर्ने र प्रदेशले गर्नुपर्ने काम पनि तत्कालै गर्ने निर्णग गरिएको प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले जानकारी दिनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २६ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६