ब्रेकिंग न्युज

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन



झापा, २६ माघ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गर्नुभएको छ । चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको छ । उहाँले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको छ । स्थानीयले यस क्षेत्रको विकासका लागि उहाँले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताउनुभयो ।

प्रकाशित : २७ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६