कपिलवस्तु २७ माघ
प्रतिनिधी सभा क्षेत्र नं. ३ का उम्मेद्वार बीरेन्द्र कुमार कनोडियाले एकता, अनुशासन र स्पष्ट लक्ष्यका साथ अघि बढेमा साझा विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
उम्मेद्वार कनोडियाले भन्नुभयो, “यो कमिटी केवल संगठनात्मक संरचना मात्र होइन, जनताको घर–आँगनसम्म हाम्रो विचार र प्रतिबद्धता पु¥याउने सशक्त माध्यम हो। सबै कार्यकर्ता एकताबद्ध भएर लागेमा सूर्य चिन्हको विजय निश्चित छ।”

महाराजगञ्ज बहादुरगंजमा पार्टीको संगठन विस्तार र निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित पार्टी परिचालन कमिटीको औपचारिक उद्घाटन कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको यस कमिटीले संगठन विस्तार, कार्यकर्ता समन्वय तथा घर–घरमा पुगेर मतदाता सम्पर्क अभियानलाई सशक्त बनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सूर्य चिन्हमा मतदान गर्दै उम्मेद्वार कनोडियालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कमिटी गठनसँगै बहादुरगंज क्षेत्रमा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ। पार्टीका अनुसार अबका दिनमा घर–घरमा भेटघाट, जनसंवाद र संगठनात्मक परिचालनलाई अझ तीव्र बनाइनेछ।
एकता, अनुशासन र संगठित प्रयासमार्फत साझा विजयतर्फ अघि बढ्ने सन्देशसहित सम्पन्न कार्यक्रमले स्थानीय राजनीति थप गतिशील बनेको देखिन्छ।








प्रतिक्रिया