अर्थ-वाणिज्य

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा



काठमाडौँ, २८ माघ

नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ । आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसमार्फत व्यवसायलाई आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटस्तरमा पु¥याउने, बजारीकरणको खर्च घटाउने र ग्राहकसँग सीधा संवाद गर्ने सुविधा दिएको कुनै पनि व्यवसायको विस्तार र प्रवद्र्धनमा पनि सहयोग पुग्ने जनाइएको छ । यसमार्फत सिधै उपभोक्ताहरुसँग सम्बन्ध कायम हुनसक्ने भएकाले बजारीकरणमा हुने खर्च पनि ह्वात्तै घट्न जाने, सञ्चालनमा हुने अन्य खर्चमा पनि कमी आउने हुँदा व्यवसायी र उपभोक्ताले प्रत्यक्ष लाभ पाउने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा विनोद आत्रेयले सबै किसिमका सोसियल मिडियाका विशेषताहरुलाई एकीकृत गरी आम जनतालाई अवसर, व्यापार, सेवामार्फत सङ्गठित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस प्लेटफर्मको सफलताको कामना गर्नुभयो । ग्लोबल डायरीका अध्यक्ष शेखर अर्यालले आजको डिजिटल युगमा देशले अन्तरराष्ट्रियस्तरमा आफ्नो पहुँच विस्तार गर्ने गरी विकास गरिएको ग्लोबल डायरी राष्ट्रिय गौरव गर्ने एउटा प्लेटफर्म भएको र यसले उपभोक्ता, व्यवसायी, मिडिया र सरकार सबैलाई लाभ पुग्ने हुँदा यसमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । मुलुकलाई डिजिटल प्रविधिमार्फत आर्थिक समृद्धितर्फ अघि बढाउन यस किसिमको अभियानलाई सफल बनाउनुपर्नेमा उहाँको जोड थियो । ग्लोबल डायरीका प्रमुख कार्यकारी निर्देशक एवं संस्थापक भगवानदास अग्रहरिले यो प्लेटफर्म केवल एक सामाजिक सञ्जाल, ई–कमर्स पोर्टल वा रोजगार प्लेटफर्म मात्र नभई समग्र डिजिटल इको–सिस्टम हो जसलेः नागरिकलाई आधिकारिक सेवा प्रदायक खोज्न, समीक्षा हेर्न र आफ्ना आवश्यकताअनुसार निर्णय गर्न सहयोग गर्दछ भननुभयो । उन्नत एआई प्रयोगले प्रयोगकर्तालाई सान्दर्भिक सेवाहरु, रोजगारी सिफारिस र प्रमाणित स्थानीय व्यवसाय पत्ता लगाउन मद्दत गर्न, नक्कली गतिविधि रोक्ने, तथ्याङ्कको गोपनियता राख्ने भएकाले सुरक्षित, भरपर्दो र बहुउपयोगी प्लेटफर्म भएको उहँँले दाबी गर्नुभयो । राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले मुलुकमा थुप्रै डिजिटल प्लेटफर्महरु सञ्चालनमा रहे पनि भरपर्दो राष्ट्रियस्तरको डिजिटल प्लेटफर्मको कमी महसुस भइरहेको बेला ग्लोबल डायरीले एउटा विश्वसनीय एकीकृत इकोसिष्टम निर्माण गरेको र यो प्लेटफर्म सञ्चारकर्मीहरुका लागि पनि उत्तिकै उपयोगी रहेको बताउनुभयो । ग्लोबल डायरीका सञ्चालक कृष्ण सापकोटाले युवा, विद्यार्थी, रोजगार खोजीकर्ता, उद्यमी, व्यवसायी, पेसागत सङ्गठनहरु, स्थानीय सेवा प्रदायकहरु सबैलाई लक्षित गरी यो प्लेटफर्म सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।

प्रकाशित : २९ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६