देश

प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट



काठमाडौँ, २९ माघ

प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिमण्डलले भेट गरेका छन् । सो समारोहमा सहभागी हुन आउनुभएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्गेल तथा माल्दिभ्सका यासिर मोहम्मदको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलले आज जङ्गी अड्डामा शिष्टाचार भेट गरेको हो । भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त टोलीले आगामी फागुन ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रमको अवलोकन गर्नेछ । त्यसैगरी भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । यसप्रकारको कार्यक्रमबाट विभिन्न राष्ट्रका छात्रछात्राबीच एक अर्को राष्ट्रका कला, भाषा र संस्कृतिलगायत अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्राप्त हुने सेनाको विश्वास छ ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६