ब्रेकिंग न्युज

विकासलाई गति दिन सूर्य ध्वजाबाहक उम्मेदवारको विजय आवश्यक विश्राम प्रसाद चौधरी



कपिलवस्तु, ७ फागुन

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विश्राम प्रसाद चौधरीले विकासलाई गतिशिल बनाउन सूर्य ध्वजाबाहक उम्मेद्वार विजय हुन आवश्यक रहेको चर्चा गर्नु भयो ।
चौधरीले बाणगंगा नगरपालिका वडा नं. ९ स्थित भलवाड क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतका वर्षहरूमा क्षेत्रले उल्लेखनीय विकास हासिल गरेको बताउनुभएको छ।


उहाँले भलवाड क्षेत्र पूर्वाधार, सडक, शिक्षा तथा सामुदायिक संरचनाका हिसाबले विगत भन्दा धेरै अगाडि बढेको उल्लेख गर्दै त्यसमा एमाले नेतृत्वको महत्वपूर्ण भूमिका रहेको दाबी गर्नुभयो। “हामीले सुरु गरेका योजनाहरूलाई पूर्णता दिन र जनताका बाँकी समस्यालाई समाधान गर्न पुनः सूर्य ध्वजाबाहक उम्मेदवारको विजय आवश्यक छ,” उहाँले भन्नुभयो।
चौधरीले आगामी दिनमा अधुरा विकास आयोजना सम्पन्न गर्ने, रोजगारी सिर्जना गर्ने र जनतासँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा भलवाडबासीले उम्मेदवार चौधरीलाई भव्य स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने मतदाता माझ विकासको निरन्तरता र स्थायित्वको बहस प्रमुख विषयका रूपमा उभिएको देखिन्छ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६