ब्रेकिंग न्युज

बाणगंगामा युवाहरुको प्रवेशले एमाले उत्साहित



कपिलवस्तु, १८ फाल्गुण

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ र वडा नं. २ बाट दुई सय भन्दा बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। जेनजी पुस्ताका युवाहरुको उल्लेखनीय सहभागिताले एमालेप्रति युवाहरुको आकर्षण बढ्दै गएको पुष्टि भएको छ।


युवा नेता एवं विष्णु प्रसाद पन्थीले युवाहरुको प्रवेशले पार्टी थप सुदृढ बन्दै गएको बताउनुभयो। उहाँले राष्ट्रवाद र विकासको एजेण्डालाई अघि बढाउन युवापुस्ताको साथ महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
नवप्रवेशी युवाहरुलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलराम अधिकारी, युवा नेता विष्णु प्रसाद पन्थी, गिरधारीलाल न्यौपाने लगायतले खादा तथा टिका लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी युवा नेता तिलक गिरीले दिनुभएको थियो।


प्रवेश गर्ने युवाहरुले राष्ट्रियता र विकासको पक्षमा एमाले दृढता पूर्वक अघि बढिरहेको उल्लेख गर्दै सूर्यध्वजावाहक उम्मेदवार विश्राम प्रसाद चौधरी लाई विजयी गराउन सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
यसैगरी, एमाले नेता विष्णु गिरीले युवाहरुको उत्साहजनक सहभागिताले आफूहरु अत्यन्त उत्साहित भएको बताउनुभयो। निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले समेत युवाहरुको प्रवेशसँगै समग्र पार्टी नेतृत्वमा उत्साह थपिएको प्रतिक्रिया दिनुभयो।

प्रकाशित : १८ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६