ब्रेकिंग न्युज

भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा



चन्द्रपुर (रौतहट), २० फागुन

प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । यसैगरी प्रहरीले होलीमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गरी शान्तिसुरक्षामा खलल पारेको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रनाउ बस्यालले बताउनुभयो । —

प्रकाशित : २० फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६