देश

बाँकेमा कैदीबन्दीले गरे मतदान



राँझा (बाँके), २१ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा रहेका दुई कारागारका कैदीबन्दीले आज शतप्रतिशत मतदान गरेका छन् । नेपालगञ्ज कारागारबाट १५७ जना र नौबस्ता कारागारबाट ४६ जना कैदीबन्दीले शतप्रतिशत मतदान गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनुभयो । नेपालगञ्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो । पशु सेवा कार्यालय परिसरमा निजामति कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकमा मतदान गरेका छन् । बाँकेमा ६३ प्रतिशत मतदान तीन निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६३ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म सबै मतदान केन्द्रको तथ्थ्याङ्क अनुसार बाँके जिल्लामा ६२ देखि ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । “बाँकेका तीन निर्वाचन क्षेत्रका ८१ वटा वडामा बिहान ७ बजे एकैसाथ मतदान सुरु भई शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ”,उहाँले भन्नुभयो, “सबै मतदान केन्द्रको तथ्याङ्क अनुसार अनुमानित ६३ प्रतिशत मत खसेको छ ।” उहाँका अनुसार, बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट तीन लाख ५० हजार ३ सय ७१ जना मतदाता छन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरुमा पनि मतदान केन्द्र राखिएको छ । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको छ । जिल्लाका एक सय ३९ मतदान स्थलमा चार सय वटा मतदान केन्द्र राखिएको छ । यसपटक सबै मतदान केन्द्रहरु अशक्त, अपाङ्गतामैत्री र जेष्ठ नागरिकमैत्री बनाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ ।

प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६