ब्रेकिंग न्युज

बाँके- १ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता



राँझा (बाँके), २२ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नंं १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार क्षेत्र नं १ मा दश हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारुले पाँच हजार ८५७, नेपाली कांग्रेसका नारायण गौडेलले २०४५, एमालेका सूर्य ढकालले एक हजार २७८ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गर्नुभएको छ । बाँके क्षेत्र नं २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राईले पाँच हजार २४४, नेपाली कांग्रेसका सुधांशु कोइरालाले चार हजार १०० र रास्वपाका विवेक श्रेष्ठले दुई हजार ५८० मत प्राप्त गर्नुभएको छ । यसैगरी क्षेत्र नं ३ मा रास्वपाका खगेन्द्र सुनारले पाँच हजार २९७, एमालेका सुमन मल्लले दुई हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले एक हजार ७४१ मत प्राप्त गर्नुभएको छ । —

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६