ब्रेकिंग न्युज

दाङ—२ रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल



दाङ, २२ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले पाँच हजार ९७४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेकपा (एमाले)का शङ्कर पोख्रेलले घिमिरेलाई पछ््याउँदै दुई हजार ४९४ मत र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले एक हजार ६०० मत प्राप्त गर्नुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ४० हजार ९६५ रहेकामा ८२ हजार ६२६ मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । —

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६