ब्रेकिंग न्युज

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रता



जुम्ला, २२ फागुन

एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन् । जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२ मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो । शाहीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले एक हजार २३३ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले २८१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी, रास्वपाका विनीता कठायतले ३६ मत, प्रलोपाका मनऋषि धितालले आठ, नेमकिपाका बृषबहादुर रावतले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । —

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६