देश

पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी



नवलपुर (नवलपरासी), २४ फागुन ः नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गर्नुभएको हो ।यस क्षेत्रमा कांगे्रसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६