ब्रेकिंग न्युज

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु



भैरहवा (रूपन्देही), २६ चैत ः रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्ववडाध्यक्षको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका–३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको चन्दले जानकारी दिनुभयो ।

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६