देश

किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड



ललितपुर, १२ कात्तिक

बागमती प्रदेशका कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘गोदावरी फूलको १९ ओैँ प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को उद्घाटन समारोहमा उहाँले सो धारणा राख्नुभएको हो । मन्त्री मगरले पुष्प व्यवसायमार्फत रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले बागमती प्रदेश सरकारले कृषितर्फ रु सात करोड र पशुपालनतर्फ रु आठ करोड ब्याज अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पुष्पखेतीको विकास र निकासी प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारले उचित व्यवस्था मिलाउनुपर्छ भन्नुभयो । कृषि विभागका उपमहानिर्देशक टीकाराम शर्माले पुष्प उद्यमीले गरेको योगदानको सम्मान गर्दै निर्यात र रैथानेउपजलाई प्रवर्द्धन गर्न सहकार्य गरी अगाडि बढ्नुपर्छ भन्नुभयो । पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले एसोसिएसनसँग समन्वय गरेर पुष्प व्यवसायको उत्पादन र व्यापार प्रवर्द्धनमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । उहाँले एक दशकमा पुष्प व्यवसायको वार्षिक कारोबार रु एक अर्ब ५० करोडबाट वृद्धि भई रु चार अर्ब पुगेको जानकारी दिनुभयो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । प्रतियोगितात्मक प्रदर्शनीमा ४५० भन्दा बढी जातको फूलको प्रदर्शनी हुने भएको छ । कार्यक्रममा उत्कृष्ट नर्सरी, पुष्प व्यवसायी र स्टल सजावटकर्तालाई सम्मान गरिएको थियोे ।

प्रकाशित : १३ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६