अन्तर्राष्ट्रिय

इरानी हवाइ क्षेत्र आंशिक रूपमा खुल्ला : उड्डयन प्राधिकरण



तेहरान, ५वैशाख (रासस÷सिन्ह्वा)

इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबार देखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र , केही एयरपोर्टहरू र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुन जनाइएको छ । गत फेब्रुअरी – २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

प्रकाशित : ५ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६