धनुषा, ६ वैशाख ः महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबास गाउँबाट करिब ११ फिट लामो र झन्डै छ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको छ । बाख्रा खोर नजिकै राखिएको दाउरामा लुकेको अवस्थामा उक्त सर्प फेलापरेको थियो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुवोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो । उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर पुनःस्थापना गरिएको छ । अध्यक्ष मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्पको प्राकृतिक बासस्थान भएकाले सोही वातावरणमा छाडिएको हो ।
७ बैशाख २०८३, सोमबार








प्रतिक्रिया